विमान दुर्घटनामा कुश्मा नगरपालिका पनि मर्माहत

विमान दुर्घटनामा कुश्मा नगरपालिका पनि मर्माहत

आज पोखरामा भएको दुःखद् र हृदयविदारक विमान दुर्घटनापछि पर्वतको कुश्मा नगरपालिका पनि मर्माहत भएको छ । दुर्घटनामा मृतकहरुको पहिचान भएसँगै नगरपालिकालाई थप मर्माहत बनाएको उल्लेख छ ।

नगरपालिकाले जारी गरेको विज्ञप्तिअनुसार मृतकहरुमा पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर घर भएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका ९ का अरुण पौडेल, प्रसिद्धि पौडेल र कुश्मा नगरपालिका १ का रचना काफ्ले, रिहान पौडेलको सनाखत भएको छ । 

नगरपालिकाले दुःखद दुर्घटनाको तत्काल छानबिन गरेर सुरक्षित हवाई यातायातका लागि यथासक्य छिटो वैज्ञानिक पहलका लागि सम्बन्धित निकायसमक्ष अनुरोध समेत गरेको छ ।
 

टिप्पणीहरू