शान्ति स्थापनार्थ नेपाली सेनाको टोली लेबनान उड्यो

शान्ति स्थापनार्थ नेपाली सेनाको टोली लेबनान उड्यो

नेपाली सेनाको टोली लेबनानतर्फ प्रस्थान गरेको छ । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यका लागि श्री पुरानो गोरखगण (शा.से.) ६४ डफ्फाको दोस्रो रोटेशन फ्लाइट लेबनान गएको हो । 

युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनान मिशनमा तैनाथ हुन सेनानी खिलबहादुर थापाको कमाण्डमा २१२ जना त्यता गएका हुन् । 

नेपाल एयरलायन्सको विमानमार्फत उक्त टोली आज बिहान लेबनान गएको बताइएको छ ।

टिप्पणीहरू