पूर्व पर्यटनमन्त्री जीवनराम कतार प्रस्थान, प्रमुख निर्वाचन आयुक्तको आगमन

पूर्व पर्यटनमन्त्री जीवनराम कतार प्रस्थान, प्रमुख निर्वाचन आयुक्तको आगमन

पूर्व पर्यटनमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता जीवनराम श्रेष्ठ कतार जानुभएको छ ।

बिहान १० बजेर २५ मीनेटमा नेपाल ओलम्पिक कमिटीको अध्यक्षसमेत रहनुभएका उहाँ काठमाडौंबाट दोहा प्रस्थान गर्नुभएको हो । कतार एयरवेजको क्युआर ६५३ विमानमार्फत उहाँ त्यता जानुभएको बताइएको छ । 

त्यस्तै, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली नेपाल फर्किएको छ । उहाँसंगै दुबई गएको तीन सदस्यीय टोलीको आगमन भएको हो । नेपाल एयरलायन्सको आरए २३० उडानबाट आएको टोली केही बेरअघि काठमाडौं ओर्लिएको छ ।

टिप्पणीहरू