भारतीय भूमिपत्तन प्राधिकरणका प्रमुख सिंहदरबारमा

भारतीय भूमिपत्तन प्राधिकरणका प्रमुख सिंहदरबारमा

हिजो नेपाल आइपुगेका भारतीय भूमिपत्तन प्राधिकरणका प्रमुख आदित्य मिश्र र प्रभात कुमारले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।  

आज बिहानै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनीहरुले मन्त्रीलाई भेटेका हुन् । बिहान सवा ११ बजेदेखि झण्डै आधा घण्टा कुराकानी भएको मन्त्रालय स्रोतले जनाएको छ । 

हिजो अपराह्न भिस्तारा एअरको युके १५५ उडानबाट भारतीय टोली काठमाडौँ आइपुगेको हो । दुई देशको सिमानामा सामान र यात्रुको गतिविधि ब्यवस्थापन गर्ने यो अड्डामा प्रहरी पृष्ठभूमिका मिश्रलाई मोदी सरकारले ५ वर्षका लागि नियुक्ति दिएको हो ।
 

टिप्पणीहरू