सभामुख र राष्ट्रियसभा अध्यक्ष दुबै बालुवाटारमा

सभामुख र राष्ट्रियसभा अध्यक्ष दुबै बालुवाटारमा

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान छुट्टाछुट्टै भेट गर्नुभएको बताइएको छ ।

अध्यक्ष तिमिल्सिनाले बिहान साढे ८ बजेको समयमा र त्यसअघि सभामुख घिमिरेले भेटघाट गर्नुभएको हो । आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल र मन्त्रीहरुले भेटवार्ता गरेका छन् । त्यसैगरी रावल नेतृत्वको प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरेसँग पनि भेटघाट गरेको बताइएको छ ।

टिप्पणीहरू