वायुसेवा निगमका उडान विवरण हेरेपछि मात्र साँझ निवास फर्कने पर्यटनमन्त्रीको उद्घोष

वायुसेवा निगमका उडान विवरण हेरेपछि मात्र साँझ निवास फर्कने पर्यटनमन्त्रीको उद्घोष

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको उच्च व्यवस्थापनलाई तोकिएको तालिकाबमोजिम विमान उडाउन निर्देशन दिनुभएको छ । 

निगमको मुख्यालय निरीक्षण गर्ने क्रममा मन्त्री किरातीले उक्त निर्देशन दिनुभएको हो । उहाँको स्वागतमा जुटेका निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायत पदाधिकारीलाई तोकिएको समयमा जहाज उडाउन र निगमका जहाजहरूको दैनिक रिपोर्ट पेस गर्न निर्देशन दिनुभएको बताइएको छ ।

निगमका जहाज उडेको, उड्न नसकेको र त्यसको कारणबारे तत्काल मन्त्रीसमक्ष रिपोर्ट पेश गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘अबदेखि म ती रिपोर्ट हेरेपछि मात्रै साँझ निवास फर्कन्छु ।’

त्यसैगरी निगम सुधारको निम्ति तत्काल आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत टिकट बिक्रीको व्यवस्था गर्न पनि मन्त्रीको निर्देशन छ ।
 

टिप्पणीहरू