गृहको यौटै आदेशबाट सुरुङमार्गको काम ठप्प

गृहको यौटै आदेशबाट सुरुङमार्गको काम ठप्प

निर्माण सामाग्रीको अभाव देखाउँदै काठमाडौं जोड्ने सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम बालुवालगायत निर्माण सामाग्रीको अभावमा रोकिएको हो ।

‘सामग्री अभावका कारण माघ २ गतेबाट काम ठप्प भएको हो,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनका अनुसार वैधानिक रूपमा दर्ता भएका क्रसर उद्योगबाट बालुवा ल्याउने गरिएको भए पनि अवैध रूपमा सञ्चालित क्रसर उद्योगले ढुवानी गर्न नदिएपछि काम रोकिएको छ । 

गत महिना गृह मन्त्रालयले अवैध क्रसर उद्योग सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपछि वैधानिक क्रसर उद्योगले पनि काम रोकेको गुनासो छ ।

टिप्पणीहरू