विश्वविद्यालयमा क्रान्तिकारीको अर्को ताल्चा

विश्वविद्यालयमा क्रान्तिकारीको अर्को ताल्चा

विप्लव निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयमा पुनः ताल्चा लगाएको छ । पक्लिहवा कृषि पशु विज्ञान क्याम्पस रुपन्देहीका क्रान्तिकारी अध्यक्ष भरत आचार्यको नेतृत्वमा गएको टोलीले हिजो दिउँसो कृषि डिनको कार्यालयलमा ताल्चा लगाएको बताइएको छ ।

आधा दर्जनको संख्यामा गएका विद्यार्थीहरुले चालु शैक्षिक सत्रमा बिएस्ससी तथा एएचमा भर्ना भएका विद्यार्थीलाई इन्टर्नशिपमा छात्रवृत्ति प्रदान नगरिएको भन्दै ताल्चा लगाइएको क्रान्तिकारीको भनाइ छ । उनीहरुले अध्ययनरत संस्थाले उक्त कार्यमा छात्रवृत्तिको माग गर्दै आए पनि उपलब्ध नगराइएपछि ताला लगाउन बाध्य भएको उल्लेख गरे ।

 

टिप्पणीहरू