कोरियाबाट फर्केलगत्तै अमेरिकी राजदूतद्वारा परराष्ट्र र गृहमन्त्रीसँग भेट

कोरियाबाट फर्केलगत्तै अमेरिकी राजदूतद्वारा परराष्ट्र र गृहमन्त्रीसँग भेट

हिजो साँझ कोरियाबाट फर्कनुभएका अमेरिकी राजदूतले दुई जना मन्त्रीसँग भेट गर्नुभएको छ । राजदूत डिन आर. थम्पसनले परराष्ट्रमन्त्री डा. विमला राई पौडेल र उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेसँग भेटवार्ता गर्नुभएको हो । 

उहाँ आज बिहान पहिले गृह मन्त्रालय पुग्नुभएको हो । गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने र राजदूत थम्पसनबीच १० बजेदेखि पौने ११ बजेसम्म कुराकानी भएको थियो । त्यसपछि उहाँ परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्न परराष्ट्र मन्त्रालय जानुभएको बताइन्छ । परराष्ट्र मन्त्रालयमा मन्त्री पौडेल र राजदूत थम्पसनबीच पौने १२ बजेसम्म भेटवार्ता भएको हो ।

आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्य सचिव शंकरदास बैरागी र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच कार्यालय खुल्ने बितिक्कै भेटवार्ता भएको छ । उहाँहरुबीच सवा १० बजेदेखि ११ बजेसम्म द्विपक्षीय सहयोग आदानप्रदान सम्बन्धमा कुराकानी भएको बताइएको छ ।
 

टिप्पणीहरू