संसदमा चर्का कुरा,एकैछिनपछि ‘र’ प्रमुखसँग भेट

संसदमा चर्का कुरा,एकैछिनपछि ‘र’ प्रमुखसँग भेट

नेपाली काँग्रेसबाट बागी उम्मेदवार उठेर गत आमनिर्वाचनमा सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुखसँग गोप्यवार्ता गरेका छन् । उनले लैनचौरस्थित भारतीय दूतावासमा पुगेर ‘र’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागरसँग कुराकानी गरेका हुन् ।

हिजो अपरान्ह साढे ४ बजे लैनचौर पुगेका सिंह भट्नागरलाई झण्डै दुई घण्टा नेपालको समसामयिक परिस्थितिवारे बृफिङ्ग गरेपछि साढे ६ बजेको हाराहारीमा निस्केको बताइन्छ । यसअघि उनले प्रतिनिधि सभा बैठकमा भाग लिएर सभामुख र उपसभामुखलाई बधाई दिएका थिए । बधाई दिने क्रममा सभामुख र उपसभामुख पदको मर्यादा कायम राख्न विगतको उदाहरणसमेत दिए । उनी एमाले र माओवादीको समर्थनमा कुनै यौटा सँसदीय समितिको सभापति बन्न प्रयत्नरत छन् ।

टिप्पणीहरू