एमाले अध्यक्ष घ्याम्पे डाँडा जाने,झापालीसँग सात सात सय उठाइने

एमाले अध्यक्ष घ्याम्पे डाँडा जाने,झापालीसँग सात सात सय उठाइने

एमाले अध्यक्ष केपी शर्मा ओली माघ २१ गते भक्तपुरको घ्याम्पे डाँडा जाने हुनुभएको छ । उहाँ सूर्य विनायक नगरपालिकाभित्र रहेको उक्त डाँडामा आयोजना गर्न लागिएको एमाले झापा–काठमाडौं सम्पर्क मञ्चको वनभोजमा सहभागी हुन लाग्नुभएको छ । 

ओलीको प्रमुख आतिथ्यमा आयोजना गर्न लागिएको वनभोजमा सामेल हुन इच्छुकले सात सय रुपैयाँ तिर्नुपर्ने छ । रकम तिरेका सहभागीलाई खाना र खाजाको निम्ति छुट्टाछुट्टै कुपनसमेत दिने व्यवस्था मिलाइएको हो । सर्वसाधारण सहभागीले स्टल नम्बर २ र ३ मा तथा अन्य विशिष्ट पाहुनालाई स्टल नम्बर १ मा खाना र खाजाको व्यवस्था मिलाइने जानकारी दिइएको छ ।

बृहत झापाली वनभोज कार्यक्रम २०७९ को निम्ति १९ सदस्यीय आयोजक समिति बनाइएको छ ।
 

टिप्पणीहरू