केटौले आदेश एक महिना पनि टिकेन

केटौले आदेश एक महिना पनि टिकेन

मापदण्ड पूरा नगरेका क्रसर उद्योग सञ्चालनमा रोक लगाउने निर्णय कार्यान्वयनबाट सरकार पछाडि हटेको छ । गत पुसमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै रवि लामिछानेको निर्देशनमा मुुलुकभरका क्रसर उद्योगलाई तोकिएको मापदण्डमा रहेर व्यवसाय सञ्चालन गर्न भन्दै अन्यथा,तत्काल बन्द गर्न आदेश दिइएको थियो ।

गृहको उक्त आदेशपछि मुलुकभर निर्माण सामाग्रीको अभाव देखियो । सोही कारण राजधानी नजिकै निर्माणाधीन सुरुङ मार्गको कामसमेत ठप्प भयो । अन्य आयोजना पनि बन्दको अवस्थामा पुगेपछि सरकारले आफ्नो निर्णय तीन साता नपुग्दै फिर्ता लिएको छ ।

गृहको आदेश सच्याउदै मन्त्रिमण्डलको बैठकबाट भएको निर्णयमा भनिएको छ, ‘सरकारले क्रसर उद्योगलाई मापदण्ड पूरा गर्न आगामी असार मसान्तसम्मको समयसीमा दिएको छ ।’ अब असारसम्म यसअघि दर्ता भएका वैध तथा अवैध सबै क्रसर उद्योगहरु निर्वाध चल्नेछन् ।

 

टिप्पणीहरू