श्रीलंकाली राजदूत परराष्ट्र मन्त्रालयमा

श्रीलंकाली राजदूत परराष्ट्र मन्त्रालयमा

नेपालका लागि श्रीलंकाली राजदूत हिमानी अरुणातिलका सिंहदरबार पुग्नुभएको छ । राजदूत हिमानी परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग शिष्टाचार भेटवार्ताको निम्ति जानुभएको बताइएको छ ।

उहाँहरुबीच दिउँसो साढे १२ बजेदेखि झण्डै १ बजेसम्म कुराकानी भएको हो । भेटमा द्विपक्षीय हित र दुई मुलुकबीच कायम रहेको आपसी सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको बुझिएको छ ।

टिप्पणीहरू