तीनजना अमेरिकी अधिकारी एकैसाथ काठमाडौँमा
अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्ड नेतृत्वको तीन सदस्यीय टोली काठमाडौँ आइपुगेको छ । उक्त टोली दुबई हुँदै भर्खरै फ्लाई दुबईको एफजेड ५७५ उडानमार्फत काठमाडौँ ओर्लिएको हो ।
भ्रमण टोलीमा सहायक उपमन्त्री नान्सी ज्याक्सन र अर्का एक अधिकारी मेरी फ़्राङ्गाकिस सामेल छन् । दुई दिने नेपाल भ्रमणका क्रममा उनीहरुले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बताइएको छ ।
अमेरिकी अधिकारीहरु होटल द्वारिकाजमा बस्ने बुझिएको छ ।
टिप्पणीहरू