मध्यराति राप्रपा अध्यक्ष कमल थापाको कार्यालयबाट टिभी चोरियो

मध्यराति राप्रपा अध्यक्ष कमल थापाको कार्यालयबाट टिभी चोरियो

कमल थापा नेतृत्वको राप्रपा नेपालको भक्तपुरको सल्लाघारीस्थित कार्यालयमा चोरी भएको छ । गए राति पार्टी कार्यालय फुटाएर चोरले त्यहाँ रहेको ३२ इन्चको टिभी निकालेको हो । 

कार्यालयको ताला फुटाएर अन्दाजी ३६ हजार मूल्य बराबरको सिजी कम्पनीको उक्त टिभी चोरले लगेको भक्तपुर प्रहरीले जनाएको छ । कटुञ्जे चोकस्थित बलराम थापाको तीनतल्ले घरको दोश्रो तल्लामा रहेका तीन वटा कोठाको ताला फोडेर चोरी भएको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए । उनका अनुसार रातको समयमा मूल ढोका खुल्ला रहेको थियो ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी इन्स्पेक्टर सुन्दर चौलागाईको कमाण्डमा टोली खटिई अनुसन्धान भएको जनाइएको छ । चोरहरु भने हालसम्म फरार छन् ।
 

टिप्पणीहरू