केपी ओली आज पनि बालुवाटारमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उहाँ आज बिहानै बालुवाटार जानुभएको हो ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा सत्ता गठबन्धनमा अविश्वास बढेपछि केही सातायता लगालग बालुवाटार धाइरहनु भएका अध्यक्ष ओली आज पनि त्यसै विषयमा छलफल गर्न जानुभएको बुझिएको छ । भेटमा गठबन्धनमा देखिएका आशंका मेटाउन छलफल केन्द्रीत रहेको बताइन्छ ।
माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा सर्वस्वीकार्य व्यक्तिलाई राष्ट्रपति बनाउन प्रस्ताव अघि सारेको छ । तर, पुस १० को सहमतिअनुसार आफ्नो उम्मेदवारलाई माओवादीले निशर्त भोट हाल्नुपर्ने एमालेका नेताहरुको तर्क रहँदै आएको छ । माओवादी केन्द्रका नेताहरुले भने त्यस्तो कुनै औपचारिक सहमति नभएको दावी गर्ने गरेका छन् ।
टिप्पणीहरू