राष्ट्रपतिको प्रस्ताव लिएर महन्थ ठाकुर बालुवाटार पुगे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । पार्टीका नेताहरुलाई लिएर केही बेरअघि ठाकुर बालुवाटार गएका हुन् ।
भावी राष्ट्रपति कसलाई बनाउने भन्नेमा तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न नसकिरहेका बेला लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गर्ने निर्णय गरेको छ । त्यहि विषयमा कुराकानी गर्न ठाकुर प्रधानमन्त्री निवास पुगेको बताइएको छ ।
ठाकुरलाई राष्ट्रपति बनाउन छिमेकी मुलुकले समेत पहल गरिरहेको बताइन्छ । हालै नेपाल भ्रमण गरेका भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले राजनीतिक भेटघाटका क्रममा काँग्रेस नेता कृष्ण सिटौला र ठाकुरको नाममा सहमति जुटाउन सकिने सम्भावनाबारे चासो राखेको चर्चा छ ।
बालुवाटार स्रोतले भने प्रधानमन्त्री प्रचण्ड र ठाकुरबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाएको छ ।
टिप्पणीहरू