दोहोरो दबाब

दोहोरो दबाब

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको उम्मेदवारबारे वचन फेरेको देखेर एमालेका अध्यक्ष कमरेड खड्गप्रसाद ओली ट्वाँ पर्नुभएको छ । तर, उहाँ ट्वाँ पर्नुको कुनै औचित्य छ जस्तो भने लाग्दैन । किनभने प्रचण्ड त यो देशै फेर्छु भनेर आउनुभएको नेता  हो । वचन फेर्नु कुन ठूलो कुरा भयो र !

साह्रै अचम्म लागेर उहाँले प्रधानमन्त्री प्रचण्डलाई सोध्नुभएछ, ‘प्रचण्डजी, अस्ति तपाईंले मलाई त राष्ट्रपति मेरै पार्टीलाई दिन्छु भन्नुभएको थियो । अहिले किन वचन फेर्नुभएको ?’ प्रचण्डले भन्नुभयो, ‘तपाईंलाई मैले वचन दिएको त हो । तर, तपाईंलाई वचन दिइसकेपछि मलाई यता माओवादी केन्द्रका अध्यक्षले वचन फेर्न दबाब दिन थाल्यो । त्यसैले म बाध्य छु 

टिप्पणीहरू