पूर्वराजाको प्रस्ताव

पूर्वराजाको प्रस्ताव

राजनीतिक पार्टीहरूलाई नयाँ राष्ट्रपति छान्ने झन्झटले पनि गाँज्नुसम्म गाँजेको छ । सायद राजनीतिक पार्टीहरूको यो झन्झट देखेरै हुनुपर्छ, पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ प्रस्ताव अघि सार्नुभएको छ— अब राजनीतिक दल र राजतन्त्र मिलेर जाऊँ । 
प्रस्ताव राजनीतिक भन्दा पनि समसामयिक देखिन्छ । किनभने यति बेला राजनीतिक दल र राजतन्त्र मिल्न सक्यो भने देशमा अरू त होइन, राजनीतिक दललाई राष्ट्रपति छान्ने झन्झटबाट मुक्ति मिल्नेछ । 
अहिले हेर्नोस्, राष्ट्रपति यहाँबाट ल्याऊँ कि त्यहाँबाट ल्याऊँ भइरहेको छ । चार–पाँच थान राष्ट्रपति त भारतले पनि पठाउन खोजिरहेको छ । यसले दललाई झनै अन्योलमा पारिदिएको छ । यस्तो अवस्थामा राजतन्त्र नै पुनःस्थापना भइदियो भने दलहरूलाई कमसेकम हरेक पाँच–पाँच वर्षमा राष्ट्रपति छान्ने सकस त पर्ने थिएन नि ! 

सायद पूर्वराजालाई राजनीतिक दलको यो दुःख देखिसक्ने भएन होला । त्यसैले पो यस्तो प्रस्ताव राख्नुभएको हो कि ?
 

टिप्पणीहरू