कान्तिपुर पनि समस्याग्रस्त,ग्राहकहरुको धर्ना शुरु

कान्तिपुर पनि समस्याग्रस्त,ग्राहकहरुको धर्ना शुरु

पछिल्लो समय सहकारी संस्थाहरु वित्तीय संकटमा पर्न थालेका छन् । बैंकर तथा घरजग्गा व्यवसायी इच्छाराज तामाङको सिभिल सहकारीपछि लगातार ठूला भनिएका सहकारी संस्थाले निक्षेपकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् ।

सोही क्रममा मीनभवनको आलोकनगरस्थित कान्तिपुर सहकारी संस्था पनि गम्भीर आर्थिक संकटमा परेको बुझिएको छ । संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि उनीहरुले धर्ना दिएका छन् । 

आफ्नो रकम हिनामिना गरेको बचतकर्ताको आरोप छ । सहकारीका सञ्चालक हिमाल मल्ल ठकुरीले वार्ताको निम्ति बोलाएर आफू अनुपस्थित भएपछि बचतकर्ता रुष्ट छन् । वार्तामा गएका बचतकर्तासँगै केहीले हिजै अपरान्ह सहकारी संस्थाको गेटमा धर्ना दिएका थिए । 

केही समयअघि कुलेश्वरस्थित गौतम सहकारी संस्थाले पनि बचतकर्ताको रकम फिर्ता भुस बनाएर सञ्चालकहरु फरार भएका थिए । राजधानीलगायत मुलुकको विभिन्न भेगमा रहेका सहकारी संस्थामा वित्तीय संकट चर्केको छ ।

बचतकर्ताको रकम सञ्चालक तथा अध्यक्षले आफ्नो खुशीमा सेयर र घरजग्गामा लगानी गरेपछि सहकारी संस्थाहरु अप्ठेरोमा परेको बताइन्छ ।
 

टिप्पणीहरू