नामको विवादले कोशीमा बन्द,यात्रुको बिजोग
आज कोशी प्रदेशमा आमहडताल गरिएको छ । प्रदेशको नाम कोशी राखिएकोमा विरोध जनाउँदै आह्वान गरिएको हड्तालले विशेषगरी प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको बताइएको छ । ‘लिम्बुवान किराँत’ संघर्ष समितिले आह्वान गरेको हड्तालका कारण अधिकांश लामो तथा छोटो दूरीका यातायात ठप्प छ । बन्दका कारण राजमार्गमा यात्रुहरु अलपत्र छन् ।
आन्दोलनकर्ताले कोशी प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किराँत’ नामाकरणको माग राखेका छन् । बन्दका कारण बजार पसल आंशिक रुपमा खुलेका छन् । शैक्षिक संस्थामा पठनपाठन सुचारु भएको प्राप्त समाचारमा उल्लेख छ ।
आन्दोलनकारीहरुले कोशी प्रदेश लेखिएको कार्यालयका बोर्डसमेत हटाएका छन् । तिनको ठाउँमा ‘लिम्बुवान किराँत’ लेखिएको बोर्ड झुण्ड्याइएको छ । इलामको माङसेबुङ गाउँपालिकासहित कतिपय वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
टिप्पणीहरू