बागमती किनारमा लघुवित्त संस्थाविरुद्ध प्रदर्शन

बागमती किनारमा लघुवित्त संस्थाविरुद्ध प्रदर्शन

मुलुकभरबाट राजधानी आएका लघुवित्त संस्था विरोधी समूहका प्रदर्शनकारीले बागमती नदी किनारमा नारासमेत लगाएका छन् । उनीहरु सानेपासँगैको बागमती करिडोरमा भेला भएर विभिन्न नारा अंकित प्लेकार्ड बोकेर माइतीघर गएका हुन् ।

लघुवित्त संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रममा लघुवित्त संस्थाहरूको ज्यादती भन्दै विरोध गरिएको छ । उक्त संस्थाका सदस्य सचिव रमेश तामाङको नेतृत्वमा कोशी प्रदेशका अध्यक्ष  सुशीला थापालगायत सयौंको संख्यामा उपस्थितले प्लेकार्ड बोकेर नारा लगाएका छन् ।

उनीहरुले सानेपा नजिकैको बागमती किनारबाट टेकू, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा पुगेर कोणसभा गर्ने जनाएका छन् । प्रदर्शनकारीले बोकेको प्लेकार्डमा लेखिएको छ ः समाजवादी अर्थतन्त्रको विकास गर, आम गरिव किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, नवसामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर ।

टिप्पणीहरू