हिमाल आरोहण अनुमति शुरु, सगरमाथाको निम्ति १५ जना तयार
यो वर्षको वसन्तमा सगरमाथालगायत हिमाल आरोहणका लागि अनुमति दिन थालिएको छ । सगरमाथ आरोहणको निम्ति हालसम्म १५ जनाको टोलीले अनुमति लिएको बताइएको छ ।
पर्यटन विभागका अनुसार अनुमति पाएको पहिलो टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आरोहणको अनुमति दिनुभएको हो । आज अनुमति पाएकामध्ये १० जना पुरुष र पाँच महिला हुन् ।
ती आरोही अष्ट्रेलिया, चीन, सिंगापुर, दक्षिण अफ्रिका, जर्मनी, हङ्गेरी, थाइल्याण्ड र अमेरिकी नागरिक हुन् । योसँगै अन्य हिमाल आरोहणको निम्ति आजसम्म १० वटा आरोही टोलीले अनुमति लिएका छन् ।
उनीहरूले अन्नपूर्ण, मनास्लु, थोराङपिकलगायत हिमाल आरोहण अनुमति लिएका हुन् । अनुमति लिएकाहरुमा ३६ जना पुरुष र १७ महिला छन् । उनीहरुले वैशाखको तेस्रो सातादेखि सगरमाथा आरोहण थाल्नेछन् ।
टिप्पणीहरू