सभामुखलाई प्रधानमन्त्री निवासबाट बोलावट,एस र माओवादीका नेता समेत सामेल

सभामुखलाई प्रधानमन्त्री निवासबाट बोलावट,एस र माओवादीका नेता समेत सामेल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । अहिले बिहान बालुवाटारमा उहाँहरुले भेटघाट गर्नुभएको हो । 

सभामुखको अधिकार कटौती गर्ने विषयमा बहस भइरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार भेटवार्ता जारी छ ।

सभामुख बिहान साढे ८ बजेको समयमा त्यहाँ पुग्नुभएको बताइन्छ । उहाँहरुबीच पौने ९ बजेदेखि कुराकानी भएको हो । भेटमा माओवादी नेता शक्ति बस्नेत र एकीकृत समाजवादीका नोता विजय पौडेल पनि सँगै छन् ।
 

टिप्पणीहरू