गण्डकीमा चैते दशैको बिदा
गण्डकी प्रदेश सरकारले चैते दशैंको बिदा घोषणा गरेको छ । गण्डकीमा चैत १५ गते बुधबार सार्वजनिक बिदा हुने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को अघिल्लो वर्ष चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । उक्त बिदा प्रदेश राजपत्रमासमेत उल्लेख भइसकेको छ ।
चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजा गर्ने प्रचलन छ । सोही दिन चैते दशैंको बिदा दिइएको हो ।
टिप्पणीहरू