प्रधानमन्त्री आफ्नै आँखाअगाडि हेलिकोप्टर चढेपछि अरु नेता हेरेको हेर्यै
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरुको बैठक दिउँसोसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री दाहाल चितवन जान बालुवाटारबाटै हेलिकोप्टर चढेपछि नेताहरु त्यहाँबाट बाहिरिएको बताइन्छ ।
बैठक आज दिउँसो २ बजे पुनः बस्ने छ । प्रधानमन्त्री भरतपुर विमानस्थलको टर्मिनल भवन विस्तारको शिलान्यास र कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन त्यसतर्फ जानुभएको हो ।
आजको बैठकमा पनि ठूला दलले प्रभावशाली भनिएका मन्त्रालयमा गर्दै आएको दाबी नछाडेपछि बैठक अनिर्णित भएको माओवादी केन्द्रका एक जना नेताले बताए । यता नेपाली काँग्रेसले बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ ।
टिप्पणीहरू