चिडियाखानातिर...

चिडियाखानातिर...

कमरेड प्रचण्डले यता र उति गरेर सरकार त बनाउनुभयो । तर मन्त्रिपरिषद् भने बनाउन सक्नुभएन । मन्त्रिपरिषद् बनाउनु त सरकार बनाउनु भन्दा पनि गाह्रो रहेछ । सरकार बरु अलि अलि छलछाम गरेर भए पनि बनाउन सकिन्छ । मन्त्रिपरिषद्चाहिँ यसरी नबन्ने रहेछ । यो बनाउने विधि नै शायद छुट्टै छ । 

मन्त्रिपरिषद् बनाउने तयारी चलिरहँदा मन्त्री बन्नेहरूको सूची आएपछि उहाँ हैरान हुनुभयो । किनभने सूची निकै लामो थियो । त्यसमध्ये कसलाई बनाउने, कसलाई नबनाउने । त्यो गाह्रो काम थियो । छनौट गर्नै गाह्रो । एउटालाई छनौट ग¥यो, अर्को रिसाउने । अर्कोलाई छनौट ग¥यो झन् अर्को रिसाउने । मन्त्री छनौट गर्न कस्तो गाह्रो ! 

यसै बीच समाचार आयो, प्रधानमन्त्री प्रचण्डद्वारा सोमबार चिडियाखाना निरीक्षण । समाचार बडो अप्रत्यासित थियो । कहाँ मन्त्रिमण्डल बनाउनु पर्ने मान्छे कहाँ चिडियाखाना पुगिरहेको । किन जानु प¥यो यही बेला चिडियाखाना ? के काम छ चिडियाखानामा ?

कतै उहाँ मन्त्रिमण्डलमा राख्न उपयुक्त मन्त्रीको खोजीको लागि त चिडियाखाना जानुभएको होइन ? आफ्नो हातमा नाम आएका कुनै पनि पात्र चित्त नबुझेर उहाँ चित्त बुझ्दो पात्र खोज्न पो चिडियाखाना जानुभएको हो कि ? के हो खास कारण ?
 

टिप्पणीहरू