महाराजाको ब्यानर

महाराजाको ब्यानर

सुनिन्छ, अहिले पूर्व राजा ज्ञानेन्द्र शाहले भ्रमण गरिरहेको क्षेत्रहरूमा ‘महाराजाधिराज’ भनेर लेखिएका ब्यानरहरू हटाइँदैछ रे ! विभिन्न ठाउँमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ भनेर लेखिएको ब्यानर टाँगिएको रहेछ । प्रशासनले त्यो हटाइरहेको छ । 

वास्तवमा त्यो हटाइनै पर्ने ब्यानर हो । त्यो ब्यानर हटाइयो भनेर ज्ञानेन्द्र शाह वा अन्य कुनै शाहले चित्त दुखाउनु पर्दैन । किनभने अहिले देशको महाराजा भनेको ज्ञानेन्द्र शाह होइन । महाराजा त अरु नै छन् । तपाईं अहिले सबैभन्दा ठूलो महाराजा पुष्पकमल दाहाललाई नै भन्न सक्नहुन्छ । उहाँलाई नयाँ नेपालका नयाँ महाराजा भन्न सकिन्छ । त्यसपछि शेरबहादुर देउवा अर्का महाराजा ।

उहाँ आफै त कुनै महाराजा जस्तो देखिनुहुन्न तर धर्मपत्नी भने कुनै महारानीभन्दा कम्ता हुनुहुन्न । महारानी भएपछि महाराजा हुनु स्वाभाविकै भयो । उता बालकोट बार्दलीमा केपी ओली झनै ठूला महाराजा हुनुहुन्छ । एमालेका भारदारहरू उहाँलाई महाराजा मात्र होइन बडामहाराजा नै मान्ने गर्छन् । 

यति धेरै महाराजाहरू भएको ठाउँमा ज्ञानेन्द्र शाहलाई महाराजा भनेर ब्यानर राख्न पाइन्छ ?
 

टिप्पणीहरू