सय दिने कामको सूची

सय दिने कामको सूची

कमरेड पुष्पकमल दाहालको सरकारले तेस्रो पटक सय दिन मनाएको छ । योभन्दा अघि उहाँले दुई पटक सय दिन मनाइसकेको सबैलाई थाहा छ । यो उहाँको तेस्रो सय दिन हो । 

आफ्नो सरकार सय दिन पुगेको उपलक्ष्यमा उहाँको सरकारले यसबीच गरेको कामको लिस्ट बनाएर संसदमा प्रस्तुत गरेको रहेछ ।

सरकारले पेश गरेको लिस्ट विपक्षीलाई मन नपर्नु स्वाभाविक हो । एक विपक्षी सांसदले त्यो सूचीमा कटाक्ष गर्दै भने, ‘कस्तो सूची हो यो ? यस्तो पनि सूची हुन्छ ? यस्तो नीति बनाइएको छ, यस्तो निर्देशन

दिइएको छ, यस्तो गर्नेछ, उस्तो गर्नेछ, यसो गरौंला, उसो गरौंला । यस्तो पनि कामको सूची हुन्छ ? काम गरेको सूची चाहियो नि काम गरेको ? खोइ काम गरेको सूची ? यो झुर सूची भयो ।’

त्यही बेला सूची तयार गर्ने एक मन्त्रीले भने, ‘महोदय, यसमा धेरै आलोचना नगर्नोस्, यो पहिले तपाईंहरूले सरकार चलाउँदा बनाएको सय दिने उपलब्धिकै सूचीको फोटोकपी हो । यसमा अरू केही पनि पर्‍या छैन....’

विपक्षी नेताज्यू ट्वाँ परे । अहिलेसम्म ट्वाँको ट्वाँमै छन् । 
 

टिप्पणीहरू