नगर प्रहरी भर्ति गर्दै काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
आज सूचना निकालेर महानगरले सय जना नगर प्रहरी जवानका लागि सात दिनभित्र निवेदन दिन भनेको हो । त्यस्तै, यही बैशाख १० गते प्रकाशन गरेको सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरपालिकाले जनाएको छ ।
सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाले सय जना नगर प्रहरी जवान योग्यता क्रममा आधारमा करार सेवामा परिपूर्ति गरिने गरी यही बैशाख १० गते प्रकाशन गरेको सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जना उम्मेदवारहरुलाई करार सम्झौता गराई काम लगाइने र बाँकी रहेका देहायका संख्यामा पदपूर्ति गरिने भएको हुनाले पुनः निवेदन आह्वान गरिन्छ ।’
टिप्पणीहरू