सेनाको तर्फबाट रक्तिम कमरेड सर्वोच्चमा

सेनाको तर्फबाट रक्तिम कमरेड सर्वोच्चमा

सेनाभित्र भइरहेको ‘भ्रष्टाचार, अन्याय–अत्याचार र बेथिति’बारे खुलेर बोल्न किन ‘लगलग डराउँछ’ समाज । सेनापतिले अब्बल अधिकृतलाई कसरी भित्तामा पुर्‍याउँछन् ? कसरी रिसइबी साँध्छन् ? कसरी जंगी अड्डादेखि सर्वोच्च अदालतसम्म खेद्छन् ? व्यक्तिलाई सक्काउन ‘संगठन र सिपाही’को रगत–पसिनाले सिञ्चिएको कल्याणकारी कोष कसरी दुरूपयोग गर्छन् ? नभनौँ— देखिएकै छ, भनौँ— सुनिदिने, पत्याइदिने कोही छैन । पूर्णचन्द्र थापानिकट भएकै कारण जंगी अड्डाबाट लखेटिएका उपरथी प्रेम शाही र अरु दुई सैनिक अधिकारीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सेनाको तर्फबाट प्रतिरक्षा गर्न दर्जन वरिष्ठ वकिल खटिएका छन् ।

सिपाहीले एकएक गरी जम्मा गरेको कोषबाट सेनाले वरिष्ठ अधिवक्ताहरूलाई पैसा बाँडिरहेको छ । तर सेनाको तर्फबाट प्रतिरक्षा गर्नुपर्ने प्राड विवाक भने हेरेको हेर्‍यै छ । सेनाभित्र अड्डा–अदालत धाउने मान्छे नभएका होइनन् । तर ती भरपर्दा, इमान्दार र जाँगरिला छैनन् । प्रधानसेनापतिसामु कस्ता–कस्ता पात्र छन् ? जिल्ला अदालत काभ्रेबाट चोरी डाँका मुद्दामा दोषी ठहरिई हाल प्राड विवाकमा रहेका तत्कालीन माओवादी ‘कमरेड रक्तिम’ हिजोआज दिनदिनै सर्वोच्च अदालत धाउँछन् । उनी त्यहाँ बहस गर्न हैन, वकिल र न्यायमूर्तिसामु फाइल मिलाउन जान्छन् । 

सर्वोच्चका न्यायाधीशसँग सम्पर्क गरेको भन्दै कारबाही गर्ने सेनापतिले अदालतबाट फरार करार भएका दोषीप्रति आँखा चिम्लेका छन् । पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा द्रूतमार्गको घोटालाबारे महेन्द्रजंग धेरै जानकार छन् । द्रूतमार्गको नालीबेली खोतल्दा चिफको अरु पर्दा खुल्ने नै भयो । चिन्ता प्रभुराम शर्मालाई पनि नभएको होइन तर महेन्द्रजंगलाई नराम्रो देखाउने काम रत्नप्रकाशले गरिरहेका छन् । केही दिनअघि जंगीअड्डामा एउटा जमघट थियो, त्यहाँ पनि फरार अभियुक्त मेजर र तीनपटक नागरिकता सच्याउने रत्नप्रकाश थापाका बारेमा राम्रो चर्चा भयो । रत्नको मन बुझाउने जिम्मा ओम भट्टले लिएका छन् । सेनाले कल्याणकारी कोषको रकमबाट बाहिरिया वकिलहरू प्रयोग गरिरहेको छ । व्यक्ति प्रभुराम शर्माको जय होस्, प्रधानसेनापतिप्रति हाम्रो विश्वास कायमै छ ।

– जंगी अड्डामा कार्यरत अधिकारीहरू
 

टिप्पणीहरू