साढे ४ वर्षपछि फैसला, सवा ९ करोड जरिवाना र १५ महिना जेल
विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई भ्रष्टाचारी ठहर गरेको छ । खड्कालाई १५ महिना कैदको फैसलासँगै ९ करोड १९ लाख रुपैयाँ बिगोसहित जरिवाना सुनाएको छ ।
न्यायाधीश श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुसीप्रसाद थारुको इजलासले गरेको उनलाई ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ बिगोबमोजिमको जरिवाना तोकिएको छ । त्यसैगरी शर्मिला खड्का र अमिता लामा सोदेम्बाको नाममा भएका घरहरु पनि जफत हुने उल्लेख छ ।
खड्काको घरजग्गा र बैंक ब्यालेन्ससमेत जफत गर्न विशेषले आदेश दिएको छ । अकुत सम्पती आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ । खड्काले गैरकानुनी रुपमा १८ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा
खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा १८ करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको थियो ।
टिप्पणीहरू