ललिता निवास जग्गा प्रकरणमा थप तीनजना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप तीनजना पक्राउ

ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणमा थप तीनजना समातिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज दुई कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको बताइएको छ । 

पक्राउ परेकामा तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जन हुन् । 

सोही प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिकसहित चारजना यसअघि नै पक्राउ परेका छन् । उनीहरुविरुद्ध सरकारी कागजात किर्ते कसूरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।
 

टिप्पणीहरू