लुम्बिनी प्रदेशसभा प्रारम्भलगत्तै स्थगित
लुम्बिनी प्रदेशसभा बैठक प्रारम्भ भएको केही मीनेटमा स्थगित भएको छ । पछिल्लो दुई दिनदेखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक १५ मीनेटमा रोकिएको हो ।
प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको बताइएको छ । एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले ल्याएको बजेट सच्याउन माग गरेपछि अरु सांसद जर्याकजुरुक उठेका हुन् ।
नेकपा एमालेका संसद्हरुले गरेको निरन्तरको अवरोधपछि कारण लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल हुन सकेको छैन । प्रदेश सरकारले असार १ गते साढे ४० अर्बको बजेट सार्वजनिक गरेको थियो ।
टिप्पणीहरू