अपहरणपछि सामूहिक बलात्कारका फरार अभियुक्त राजधानीमा भेटिए

अपहरणपछि सामूहिक बलात्कारका फरार अभियुक्त राजधानीमा भेटिए

अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी नवीन बस्नेत पक्राउ परेका छन् । दाङ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका ५ बस्दै आएका ३१ वर्षीय उनलाई नियन्त्रणमा लिइएको जानकारी प्रहरीले दिएको छ ।

नवीनसहितका प्रतिवादीले २०६७ असार १५ गते पीडित महिलालाई दाङको तुलसीपुर नगरपालिका–५ नयाँ बसपार्कस्थित गेष्ट हाउसबाट अपहरण गरी तुलसीपुरको वडा नम्बर ५ र ९ को सीमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा लगेर सामूहिक बलात्कार गरेका थिए । 

सर्वोच्च अदालतको २०७९ जेठ १० गतेको फैसलाले अपहरण तथा जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय सुनाएको थियो । 

तर, अदालतको फैसलालगत्तै फरार भएका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले हिजो नियन्त्रणमा लिएको हो । अभियुक्तलाई फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

टिप्पणीहरू