मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र १५ केजी चरेश
मुलुककै प्रमुख नाका वीरगञ्जको भन्सार कार्यालय नजिकै १५ किलो चरेश फेला परेको छ । भन्सार मेनगेट नजिकै पुगेको एउटा मोटरसाइकलमा रहेका दुई जनाको साथबाट उक्त परिमाणको चरेश फेला परेको बताइएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षका सत्य नारायण माझी र ४० वर्षीइ प्रलाद माझीलाई बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले नियन्त्रणमा लिएको हो ।
उनीहरु दुवै जनालाई बरामद चरेश र मोटरसाइलकसहित आवश्यक कारबाहीको निम्ति प्रहरी चौकी ईनर्वा पर्सामा बुझाइएको छ ।
टिप्पणीहरू