नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न असनका अभियुक्त स्वयम्भूमा पक्राउ

नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न असनका अभियुक्त स्वयम्भूमा पक्राउ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा संलग्न थप एक जना फेला परेका छन् । विभिन्न व्यक्तिलाई ठगेको जाहेरीपछि फरार रहेका केशव तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले स्वयम्भू नजिकैबाट नियन्त्रणमा लिइएको बताएको छ ।

५९ वर्षे तुलाधरलाई स्वयम्भू नजिकैको सानो भर्याङबाट प्रहरीले पक्रेको हो । काठमाडौं असनका केशव नयाँबजार खुशिबुमा बस्दै आएका थिए ।

उनलाई ठगी तथा संगठित अपराधसमेतको कसूरमा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकू लगिएको छ ।

टिप्पणीहरू