सुन लिएर नेपाल छिरेका भारतीय सीमामै रोकिए
मोरङमा एक भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका-१३ स्थित सडकबाट ५१ ग्राम ७३ मिलिग्राम अवैध सुनसहित भारतको कलकत्ताका २९ वर्षीय सान्तनु मेहिती समातिएका हुन् । सिआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनको चेकजाँच गर्ने क्रममा उक्त सुन फेला परेको बताएको छ ।
बरामद सुनसहित मेहितीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू