नगरपालिकाका कर्मचारीको खल्तीमा लागूपदार्थ
कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन् । खल्तीमा लागूऔषधसहित समातिने कर्मचारी नगरपालिकाको १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडू हुन् ।
उनीसँगै अर्का एकजना पनि पक्राउ परेका छन् । नगर प्रमुख तोयप्रसाद शर्माले पुनर्वास नगरपालिका– को ६ एक निर्माणाधीन भवनबाट उनीहरूलाई पक्राउ गरिएको बताए ।
कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । आज कार्यालय नगएका सहायक वडासचिव बडू करारका कर्मचारी हुन् ।
टिप्पणीहरू