किशोरी छात्राको आत्महत्यापछि प्रधानाध्यापक र शिक्षक जेल चलान
भारतको झारखण्डमा दलित छात्राको आत्महत्यापछि विद्यालयका प्रधानाध्यपक र शिक्षक जेल चलान भएका छन् । उनीहरुमाथि १७ वर्षकी छात्राको आत्महत्या दुरुत्साहनको आरोप लागेको छ ।
प्रहरीले उक्त घटनाको जाँच थालेको जनाएको छ । छात्राको सुसाइड नोटको जाँच र अन्य पक्षबारे आवश्यक अनुसन्धान थालिएको बताइएको छ ।
उक्त घटना राज्यको धनबादमा भएको हो ।
टिप्पणीहरू