सशस्त्रले नियन्त्रणमा लिएको ट्रकमा काजु र किसमिस
सशस्त्र प्रहरी बल नेपालले बिलबिजकमा उल्लेख भएभन्दा बढी सामान हालिएका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जको चण्डाल चोकबाट एक करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिइएको जनाइएको छ ।
विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले वीरगञ्जबाट पथलैयातर्फजाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना. ६ ख ४४४६ र ना. ७ ख २३३५ नम्बरको ट्रकमा जाँच गर्दा बिलबिजकमा लेखिएको मूल्य र परिमाणभन्दा बढी सामान देखिएपछि नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्रकमा किसमिस, भटमास, पिल्लो, नेटकटनलगायत सामान छन् । ती ट्रक र सामानलाई आवश्यक कारबाहीको निम्ति राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।
टिप्पणीहरू