बालिका बलत्कारीलाई २८ वर्ष कैद, एक लाख सजाय
ताप्लेजुङ जिल्ला अदालतले बालिका बलात्कारीलाई २८ वर्ष कैद सजाय सुनाएको छ । २०७९ वैशाख २१ गते दर्ता भएको जबरजस्ती करणी, अपहरण शरीर बन्धक मुद्दाको फैसला सुनाउँदै जिल्ला अदालत ताप्लेजुङबाट सिसदङवा ४ बस्ने २३ वर्षका प्रवीण भनिने रमेश रिमालविरुद्ध उक्त आदेश भएको हो ।
आदेशमा जबरजस्ती करणी वापत १८ वर्ष कैद सजाय र अपहरण शरीर बन्धक वापत १० वर्ष कैद गरी जम्मा २८ वर्ष कैद तोकिएको छ । क्षतिपूर्ति वापत एक लाख र पीडित राहत कोषमा चार हजारसहित एक लाख चार हजार जरिवाना सुनाइएको छ ।
टिप्पणीहरू