प्रधानमन्त्रीको बेइज्जत गर्ने शेरबहादुर बुटवलबाट पक्राउ

प्रधानमन्त्रीको बेइज्जत गर्ने शेरबहादुर बुटवलबाट पक्राउ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो र विवरण दुरुपयोग गर्दै बनाइएको भारतीय कार्ड सामाजिक सञ्जालमा सेयर गरेको अभियोगमा शेरबहादुर राना समातिएका छन् । शेरबहादुरले छविलाल दाहालको नाम र फोटो राखेर भारतीय आयकर कार्ड,राशन कार्ड र आधार कार्ड बनाई सामाजिक सञ्जालमा हालेका थिए ।

टाइगर रानामगर उपनाम राखेका शेरबहादुरलाई बुटवलको सुख्खा नगरबाट आजै पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्रेपछि रानामगरलाई राजधानी ल्याउँदै गरेको बुझिएको छ ।

टिप्पणीहरू