झापामा बालिका, दाङमा किशोरी बलात्कृत
झापामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा अर्जुनधारा नगरपालिका १ का ५९ वर्षीय नरेश रसाईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रसाईलीले बालिकालाई आमाबुबा धान रोप्न खेतमा गएको बेलामा फकाएर आफ्नै घरको कोठाभित्र पुर्याएर करणी गरेका थिए । इलाका प्रहरी कार्यालय, अनारमनीबाट खटिएको टोलीले हिजो साँझ उनलाई नियन्त्रणमा लिएको हो ।
उता दाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गत बिहीबार राति रोल्पाबाट फकाएर आफ्नै घरमा ल्याइएकी ती किशोरीलाई करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका ८, सौडीका २६ वर्षीय अनिल नेपाली प्रहरी खोरमा पुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले गएराति उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू