कोशी किनारमा युवतीलाई निर्घात कुट्ने एक जना पक्राउ

कोशी किनारमा युवतीलाई निर्घात कुट्ने एक जना पक्राउ

सुनसरीको वराहक्षेत्र नजिकै सप्तकोशी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्रेको छ ।

कोशी किनारमा युवतीहरूको एउटा समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीकाअनुसार फरार चार जनाको खोजी कार्य भइरहेको छ । 

गत शुक्रबार सप्तकोशी किनारको राजाबासमा पाँच जना युवतीको समूहले तीन जना युवतीमाथि निर्घात कुटपिट गरेका थिए । उक्त घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
 

टिप्पणीहरू