ढाका र नयाँ दिल्लीतर्फ लैजान खोजियो लाखौं भारतीय रुपैयाँ

ढाका र नयाँ दिल्लीतर्फ लैजान खोजियो लाखौं भारतीय रुपैयाँ

काठमाडौंबाट बंगलादेशको राजधानी ढाका र भारतको राजधानी नयाँ दिल्ली जान लागेका दुई जना लाखौं भारतीय रुपैयाँ र सुनका गहनासहित समातिएका छन् । 

विमान बंगलादेशको बीजी ३७२ नम्बरको उडानमा दिउँसो पौने १ बजे ढाका जान लागेका बंगलादेशी नागरिक मोहम्मद युसुफ अलिको साथबाट तीन लाख ४९ हजार भारतीय रुपैयाँ फेला परेको हो । 

पासपोर्ट नम्बर ए०१९२०७३८ का अलिसँग भएको उक्त रकम विमानस्थलको अन्तिम सुरक्षा जाँचको क्रममा फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान र सोधपुुछ भइरहेको बुझिएको छ ।

आजै बिहान पौने ११ बजे नयाँ दिल्ली जान लागेका एक जना भारतीय नागरिकको साथबाट पनि तीन लाख अवैध भारु फेला परेको छ । इन्डिगो एयरलाइन्सको उडान नम्बर ६इ ११५१ मा विमान चढ्न जान लागेका अतुल अरुण अम्बातकरको साथबाट पनि सुरक्षा जाँचको क्रममा उक्त रकम फेला परेको बताइएको छ ।

पासपोर्ट नम्बर आर ५३७२६३५ बोकेका अतुलको साथबाट अवैध भारुसँगै १२८ ग्राम सुनको गहना पनि फेला परेको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको हो ।
 

टिप्पणीहरू