सुन तस्करीका आरोपीहरु १० दिन थुनामै रहने

सुन तस्करीका आरोपीहरु १० दिन थुनामै रहने

राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको छ । 

आज उच्च अदालत पाटनले पक्राउ परेका छ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको छ । 

हङकङबाट आएको कार्गोमा सवारी साधनको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पार गरिसकेपछि राजश्वको टोलीले हिजो सिनामंगल नजिकैबाट नियन्त्रणमा लिएको थियो । सुन तस्करीमा संलग्न रहेको आशंकामा चिनियाँ नागरिक चछ्याङ लिनसहितका छ जना पक्राउ परेका छन् ।

टिप्पणीहरू