बाघको छाला बोकेर हिँडेका बैतडीका विष्टहरु समातिए
कैलालीमा बाघको छाला बोकेर हिँडेका दुई जना विष्ट पक्राउ परेका छन् । उनीहरु अत्तरियामा बाघको छालासहित समातिएका हुन् ।
गोदावरी नगरपालिका–२, अत्तरियामा बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र पाटन नगरपालिका–८ का ३० वर्षीय हर्कबहादुर बिष्टलाई नेपाल प्रहरीको प्रदेश कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले ६ फिट ११ इञ्च लम्बाइ र २ फिट ४ इञ्च चौंडाइको बाघको छाला बेच्न हिँडेको आशंका प्रहरीको छ । केही बेरअघि पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।
टिप्पणीहरू