बञ्चरेडाँडाँका स्थानीयमाथि प्रहरी दमनपछि फोहोर विसर्जन शुरु

बञ्चरेडाँडाँका स्थानीयमाथि प्रहरी दमनपछि फोहोर विसर्जन शुरु

सरकारले प्रहरी दमनसँगै नुवाकोटको बञ्चरेडाँडामा राजधानी काठमाडौंको फोहोर व्यवस्थापन थालेको छ ।

नुवाकोटको ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधिले आज पनि फोहोर बोकेका गाडीलाई सडकमै अवरोध गरेपछि व्यापक प्रहरी परिचालन गरिएको हो । सहरी विकास मन्त्रालयमा अस्ति भएको मौखिक सहमतिको पालना नभएकाले प्रहरी लगाउनुपरेको सरकारी अधिकारीहरुको भनाई छ ।

आज सरकारले जबर्जस्ती फोहोर फाले पनि भोलिदेखि स्थानीय बासिन्दाले हजारौंको संख्यामा उपस्थित भएर अवरोध कायम राख्ने बताएका छन् । गत वर्ष सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले गरेको सम्झौता कार्यान्वयन नभएकाले आफूहरुले बाध्य भएर यो वर्ष पनि आन्दोलन गर्नुपरेको उनीहरुको दाबी छ ।

स्थानीय, प्रदेश र संघीय सरकारले धेरै अधिकारका कुरो गरे पनि फोहोर व्यवस्थापनमा जिम्मेवारीबाट टाढा हुने गरेकाले राजधानीको फोहोर व्यवस्थापन सँधै ठूलो समस्याको विषय बन्ने गरेको हो ।

टिप्पणीहरू