सुन काण्डका थप आरोपितलाई नौ दिन थुनामा राखिने

सुन काण्डका थप आरोपितलाई नौ दिन थुनामा राखिने

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एकाएक एक क्विन्टल सुन बाहिरिएको काण्डमा पक्राउ परेका चार जनालाई थप हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । उनीहरुलाई थप नौ दिन थुनामा राखेर आवश्यक अनुसन्धान र छानबिन गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

अदालतले उनीहरलाई थुनामा राख्न राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको हो । अरुलाई आगामी १० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न हिजो अदालतले अनुमति दिएको थियो । हालसम्म पक्राउ परेकामध्ये एक जना चिनियाँ नागरिक पनि छन् ।

 

टिप्पणीहरू